१५ असोज २०८३ English
English

मतभेद बिर्सेर स्थानीय निर्वाचनको तयारीमा लाग्न ओलीको निर्देशन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
मतभेद बिर्सेर स्थानीय निर्वाचनको तयारीमा लाग्न ओलीको निर्देशन

YouTube मा सब्स्क्राइब

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका साना मतभेद व्यवस्थापन गर्दै आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिनुभएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यलाई असोज १४ गते भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो। पार्टीभित्रका सामान्य असहमति र आलोचनालाई सहज रूपमा लिनुपर्ने अध्यक्ष ओलीको भनाइ छ।

विरोधीको प्रहार सहने तर आफ्नै साथीको कुरा नसहने प्रवृत्ति अन्त्य गर्नुपर्ने उहाँले बताउनुभएको छ। पार्टीमा कुनै समस्या नभएको दाबी गर्नुभन्दा सङ्गठनलाई थप व्यवस्थित र सक्रिय बनाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ। विरोधीले एमाले फुट्ने आशा गरे पनि पार्टी विचार र सङ्गठनमा एकढिक्का रहेको उहाँको दाबी छ।

स्रोत

सम्बन्धित समाचार