रासायनिक मल कारखानाका लागि सरकारले चाँडै प्रस्ताव माग्ने

प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले नेपालमै रासायनिक मल कारखाना स्थापना गर्न सरकारले छिट्टै प्रस्ताव आह्वान गर्ने बताउनुभएको छ। सिंहदरबारमा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलमा उहाँले यो जानकारी दिनुभएको हो। छलफलमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर राम लामाले प्रधानमन्त्रीबाट यस्तो जानकारी आएको बताउनुभएको छ।
रासायनिक मलको आन्तरिक उत्पादन बढाउन निजी क्षेत्रसँग सहकार्य गरी कारखाना खोल्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको छ। सरकारले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा पनि निजी क्षेत्रको सहकार्यमा मल कारखाना स्थापना गर्ने कुरा उल्लेख छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


