समस्याग्रस्त सात बाघ बर्दियामा, खोरमा अब ठाउँ छैन

बाँके, बर्दिया र चितवनका निकुञ्ज वरपरका क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व निम्त्याएका ७ समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिई बर्दिया राष्ट्रिय निकुञ्जमा राखिएको छ। निकुञ्जका अनुसार ती ७ मध्ये ५ भाले बाघ र २ बघेनी छन्। यी बाघलाई बर्दियाको रमुवापुर र ठाकुरद्वारास्थित खोरमा राखिएको निकुञ्जका संरक्षण अधिकृत महेश न्यौपानेले बताउनुभएको छ।
उहाँका अनुसार २०७७ सालयता २ देखि १२ वर्ष उमेरका बाघ बर्दियाका विभिन्न खोरमा राखिँदै आएको छ, जसमा बच्चा पनि छन्। राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दिया संरक्षण कार्यक्रमका वरिष्ठ संरक्षण अधिकृत अजित तुम्वाहाङफेका अनुसार यी बाघ बाँके, बर्दिया र चितवनबाट स्थानान्तरण गरेर ल्याइएका हुन्। उद्धार गरिएका वन्यजन्तुमा चितुवा पनि रहेको उहाँले बताउनुभएको छ।
द्वन्द्वपछि खोरमा राखिएका बाघको सङ्ख्या करिब २० पुगेको छ। खोरहरू भरिएकाले उद्धार गरिएका बाघ राख्ने ठाउँको अभाव हुन थालेको तुम्वाहाङफेले जानकारी दिनुभएको छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


