१७ असोज २०८३ English
English

भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनामा जीविकोपार्जनलाई प्राथमिकता दिन संसदीय समितिको जोड

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनामा जीविकोपार्जनलाई प्राथमिकता दिन संसदीय समितिको जोड
तस्बिर: इमेजखबर

हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिले बाढी प्रभावितको पुनःस्थापनामा उनीहरूको जीविकोपार्जनलाई प्राथमिकता दिन जोड दिएको छ।

रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा गत १० भदौमा आएको विनाशकारी बाढीपछिको पुनःस्थापनाका विषयमा भएको छलफलमा सांसदहरूले प्रभावितको जीविकोपार्जनलाई केन्द्रमा राख्न आग्रह गरेका हुन्।

छलफलका क्रममा सांसदहरूले विपद् व्यवस्थापनमा समन्वयको अभावप्रति चिन्ता पनि व्यक्त गरेका छन्।

उक्त बाढीमा परी एक महिनाभन्दा बढी समयदेखि बेपत्ता रहेका रौतहटका एक सैनिक जवानको परिवारले हिन्दु परम्पराअनुसार कुशको शव बनाएर दाहसंस्कार गर्न लागेको छ। यसैबीच भोटेकोशी बाढीपछि जलवायु न्यायको माग गर्दै जलवायु अभियन्ताहरूले शुक्रबार काठमाडौं दरबार स्क्वायरमा प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १७ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 17 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार