६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको छ।
नासोँ गाउँपालिका–३ खोत्रो र चामे गाउँपालिका–५ कोतोमा खसेको पहिरो तथा सडकमा थुप्रिएको ढुङ्गामाटो हटाएपछि सडक पुनः सञ्चालनमा आएको हो। सडक अवरुद्ध हुँदा लमजुङबाट मनाङतर्फको आवागमन र ढुवानी प्रभावित भएको थियो।
सडक सञ्चालनमा आएसँगै मनाङतर्फ खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री ढुवानी तथा आवागमन सहज भएको छ।
यसैबीच नेपाल प्रहरीले दिएको पछिल्लो विवरणअनुसार बाढीपहिरोका कारण अझै पनि पाँच जिल्लाका मुख्य राजमार्ग तथा सडकहरू अवरुद्ध छन्। सडक खुलाउने काम विभिन्न स्थानमा जारी छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


