३ कात्तिक २०८३ English
English

सेनाले विस्फोट गराएर चट्टान हटायो, तीन महिनापछि खाँदबारी–किमाथाङ्का सडक खुल्यो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सेनाले विस्फोट गराएर चट्टान हटायो, तीन महिनापछि खाँदबारी–किमाथाङ्का सडक खुल्यो
तस्बिर: क्लिकमाण्डू

सङ्खुवासभामा तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड सोमबार साँझदेखि फेरि सञ्चालनमा आएको छ। नेपाली सेनाको प्रयासपछि यो सडक खुलेको हो।

भोटखोला गाउँपालिका–२ स्थित छुम्सुरमा पहिरोसँगै खसेको विशाल चट्टानले सडक अवरुद्ध बनाएको थियो। नेपाली सेनाले ब्लास्टिङ गरेर उक्त चट्टान पन्छाएपछि सडकमा फेरि सवारीसाधन चल्न थालेका हुन्।

चीनसँगको उत्तरी सीमावर्ती नाका किमाथाङ्का जोड्ने यो सडकलाई नेपाल–चीन जोड्ने 'लाइफलाइन' मानिन्छ। रणनीतिक महत्त्वको यो सडकखण्ड विगत तीन महिनादेखि अवरुद्ध थियो।

सडक लामो समय अवरुद्ध भएपछि सेनाले आवश्यक काम गरेर यसलाई सञ्चालनमा ल्याएको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ३ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 3 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार