भक्तपुरमा नौबाजा प्रशिक्षार्थीको दीक्षान्त र प्रदर्शनी
भक्तपुरमा नौबाजा सिकेका ४९ जना प्रशिक्षार्थीलाई आज सार्वजनिक समारोहमा दीक्षित गरिएको छ। भक्तपुर नगरपालिका–९ सूर्यमढीको डबलीमा नौबाजा प्रदर्शनीसहित दीक्षान्त समारोह आयोजना गरिएको हो। भक्तपुर–९ च्याम्हसिँहस्थित भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले गत मङ्सिर ११ गतेदेखि प्रशिक्षण सञ्चालन गरेको थियो।
संयोजक सत्यनारायण साँयजुका अनुसार प्रशिक्षणमा ११ देखि ५५ वर्ष उमेरका १० महिला र ३९ पुरुष सहभागी थिए। प्रशिक्षक रविन कपालीले भक्तपुरमा पहिलोपटक नौबाजाको दीक्षान्त समारोह भएकोमा खुसी व्यक्त गर्नुभएको छ। लोपोन्मुख अवस्थामा पुगेको यो परम्परागत कला आफूले जानेजति नयाँ पुस्तालाई सिकाइएको उहाँको भनाइ छ।
भक्तपुरकी पहिलो महिला धिमेवादक इन्दिरा लासिमस्यु र गोपाल लाछिमस्युले सहायक प्रशिक्षकका रूपमा सघाउनुभएको थियो।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


