९ असोज २०८३ English
English

दसैं–तिहारमा ११ नेपाली फिल्म, 'आचार्य' आजदेखि प्रदर्शनमा

· १ मिनेट पढाइ
दसैं–तिहारमा ११ नेपाली फिल्म, 'आचार्य' आजदेखि प्रदर्शनमा
तस्बिर: Onlinekhabar English

निखिल आचार्य निर्देशित चलचित्र 'आचार्य' भोलिदेखि देशभर प्रदर्शनमा आउँदै छ। सेन्सर बोर्डले चलचित्रलाई 'ए' अर्थात् वयस्क प्रमाणपत्रसहित प्रदर्शनको अनुमति दिएको छ। एक्सनप्रधान चलचित्रमा हिंसात्मक दृश्य भएकाले यस्तो प्रमाणपत्र दिइएको बोर्ड स्रोतले जनाएको छ।

बोर्डले कुनै पनि दृश्य काटेको छैन, तर १८ वर्षमुनिकाले अभिभावकसँग मात्र हेर्न पाउनेछन्। चलचित्र करिब पौने तीन घण्टा लामो रहेको बताइएको छ। हलमा नेपाली र विदेशी चलचित्रको भीड भए पनि प्रदर्शकले 'आचार्य' लाई उल्लेख्य शो दिएका छन्।

अग्रिम टिकट बुकिङ उत्साहजनक देखिए पनि तीन दिन भारी वर्षाको पूर्वानुमानले व्यापारमा असर पर्ने चिन्ता छ। जल तथा मौसम विज्ञान विभागले आज र भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना औँल्याएको छ। यसैबीच दसैं र तिहार लक्षित गरेर असोज र कात्तिकमा ११ नेपाली चलचित्र प्रदर्शन गर्ने तालिका लगभग तय भएको छ।

यो क्रम असोज २३ गते 'टनेल २६' र 'अक्षरा' एकसाथ प्रदर्शनमा आएसँगै सुरु हुनेछ।

यो समाचार भिडियोमा

दसैं–तिहारमा ११ नेपाली फिल्म, 'आचार्य' आजदेखि प्रदर्शनमा

स्रोत

सम्बन्धित समाचार