सीमा अपराधमाथि कडाइका साथ नियन्त्रण गर्न सशस्त्र प्रहरी प्रमुखको निर्देशन

सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अपराध र अवैध गतिविधिविरुद्ध कडाइका साथ परिचालित हुन मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ। बिहीबार मधेस प्रदेशका सीमा नाकाको अनुगमनका क्रममा उहाँले महोत्तरीस्थित नम्बर २ छिन्नमस्ता वाहिनी मुख्यालयसहित त्यसअन्तर्गतका गण, गुल्म, सीमा चौकी र सुरक्षा बेसका कर्मचारीलाई यो निर्देशन दिनुभएको हो। सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार महानिरीक्षक पौडेलले सरोकारवाला निकाय र सीमावर्ती स्थानीयबाट सीमा सुरक्षाको अवस्थाबारे जानकारी लिनुभएको छ।
उहाँले कमाण्डरहरूलाई अवैध गतिविधिको निगरानी र रोकथाम अझ बलियो बनाउन तथा सतर्कता र समन्वय बढाउन भन्नुभएको छ। सीमा अपराध र राजस्व चुहावट रोक्न पहिल्यै योजना बनाएर नतिजा देखिने गरी काम गर्न पनि उहाँले निर्देशन दिनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


