१६ असोज २०८३ English
English

प्रसारण र ब्याट्री भण्डारणमा एडिबी र विद्युत् प्राधिकरणबीच पहिलो पीपीपी सम्झौता

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
प्रसारण र ब्याट्री भण्डारणमा एडिबी र विद्युत् प्राधिकरणबीच पहिलो पीपीपी सम्झौता

YouTube मा सब्स्क्राइब

एसियाली विकास बैंक, एडिबी र नेपाल विद्युत प्राधिकरणबीच प्रसारण लाइन र ब्याट्री भण्डारण विस्तारका लागि सार्वजनिक–निजी साझेदारीसम्बन्धी दुई सम्झौता भएका छन्। एडिबीका कुनै पनि सदस्य राष्ट्रमा प्रसारण र ब्याट्री भण्डारणका साझेदारी आयोजनाका लागि भएको यो पहिलो कारोबार परामर्श सेवा सम्झौता हो। एडिबीका नेपाल कन्ट्री डाइरेक्टर आर्नो कौस्वा र प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ।

सम्झौताअनुसार एडिबीले सम्भाव्यता अध्ययन, आयोजना सम्झौता तयारी, खरिद, बोलपत्र आह्वान र क्षमता विकासमा प्राधिकरणलाई सहयोग गर्नेछ। यसमार्फत यी आयोजनामा निजी क्षेत्रको लगानी आकर्षित गर्ने लक्ष्य राखिएको छ। दुवै आयोजनाबाट करिब २० करोड अमेरिकी डलर वा सोभन्दा बढी निजी लगानी परिचालन हुने एडिबीको अपेक्षा छ।

स्रोत

सम्बन्धित समाचार