संस्थापन पक्षको महाधिवेशन असोज १८ मा खुलामञ्चमा, उद्घाटनका लागि देउवालाई आग्रह

नेपाली कांग्रेसको संस्थापन पक्षले १५औँ महाधिवेशन असोज १८ गते आइतबार काठमाडौँको खुलामञ्चमा उद्घाटन गर्ने भएको छ। शुक्रबारदेखि सुरु गर्ने तयारी भए पनि अविरल वर्षाले केही स्थानमा निर्वाचन प्रक्रिया प्रभावित भएपछि उद्घाटन दुई दिन पछाडि सारिएको हो। खुलामञ्चमा मञ्चलगायतका संरचना तयार पार्ने काम भइरहेको छ।
पार्टी प्रवक्ता देवराज चालिसेले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको र विदेशी अतिथिहरू आउन थालिसकेको बताउनुभएको छ। रिपोर्टर्स क्लब नेपालले बिहीबार काठमाडौँमा लिएको अन्तर्वार्तामा उहाँले पूर्वसभापति शेरबहादुर देउवालाई उद्घाटनका लागि आग्रह गरिसकिएको जानकारी दिनुभएको हो। पार्टी विधान र वैधानिक प्रक्रियाअनुसार नै काम भइरहेको र सकेसम्म सबैलाई समेट्ने प्रयास जारी रहेको प्रवक्ता चालिसेको भनाइ छ।
अधिकांश नेता महाधिवेशनमा सहभागी हुने र निजी आकांक्षा राख्ने केही नेता मात्र बाहिर रहने उहाँको धारणा छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


