१६ असोज २०८३ English
English

कांग्रेस देउवा पक्षको ३,१९१ वडामा अधिवेशन, आयोगले पत्र अभिलेखमा राख्यो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेस देउवा पक्षको ३,१९१ वडामा अधिवेशन, आयोगले पत्र अभिलेखमा राख्यो

YouTube मा सब्स्क्राइब

नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनअन्तर्गत बिहीबार देशभर झन्डै ३ हजार २ सय वडामा अधिवेशन सम्पन्न गरेको छ। उक्त पक्षको केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जारी गर्नुभएको विज्ञप्तिअनुसार पार्टीका करिब ६ हजार ७ सय वडामध्ये झन्डै आधामा पहिलो दिनमै अधिवेशन भएको छ। समितिका अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै वडाको अधिवेशन सकिएको छ।

बाँकी वडामा असोज १८ गतेसम्म अधिवेशन गर्ने कार्यतालिका रहेको समितिले जनाएको छ। रसुवामा बाढीपहिरोका कारण अधिवेशन हुन सकेन भने बागलुङमा स्थगित वडा अधिवेशन असोज १६ गते गरिनेछ। देउवा पक्षले मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौँमा समानान्तर केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ।

गगन थापा नेतृत्वको संस्थापन पक्षले असोज ३ र ४ गते गरेको वडा अधिवेशनमा देउवा पक्ष सहभागी भएको थिएन। यसैबीच, निर्वाचन आयोगले देउवा पक्षले बुधबार कार्यतालिकासहित पठाएको महाधिवेशनसम्बन्धी पत्र अभिलेखमा राखेको छ। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले पत्र अभिलेखमा राख्न तोकादेश दिनुभएको हो।

पत्रमा देउवाले आफू कांग्रेस सभापति रहेको उल्लेख गर्नुभएको छ। दलका गतिविधिसम्बन्धी पत्र प्रशासनिक रूपमा दर्ता गर्ने नियमित प्रक्रियाअन्तर्गत यो पत्र राखिएको हो।

स्रोत

सम्बन्धित समाचार