१६ असोज २०८३ English
English

सांसद राजीव खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासङ्घको आपत्ति, माफी र रेकर्डबाट हटाउन माग

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सांसद राजीव खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासङ्घको आपत्ति, माफी र रेकर्डबाट हटाउन माग

YouTube मा सब्स्क्राइब

नेपाल पत्रकार महासङ्घले राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य राजीव खत्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल क्षमायाचना गर्न माग गरेको छ। असोज १४ गते बुधबार बसेको प्रतिनिधिसभा बैठकमा खत्रीले प्रेस काउन्सिललाई धम्क्याउनेहरू पत्रकार हुन् कि गुण्डा भनेर प्रश्न उठाउनुभएको थियो। पत्रकारिताको आडमा कोही पनि ‘असनको साँढे’ बन्न नपाउने अभिव्यक्ति पनि उहाँले दिनुभएको थियो।

खत्रीले महासङ्घका नेताहरू दलको दलदलमा फसेर गुण्डागर्दीको भाषा बोलेको आरोपसमेत लगाउनुभएको थियो। महासङ्घका महासचिव रामप्रसाद दाहालले बिहीबार जारी गर्नुभएको विज्ञप्तिमा उक्त भनाइलाई अशोभनीय, अमर्यादित, अराजक र प्रेसविरोधी भनिएको छ। खत्रीले तथ्य नबुझी सम्पूर्ण पत्रकारिता क्षेत्रलाई अपमानित गरेको भन्दै महासङ्घले खेद व्यक्त गरेको छ।

पूर्वपत्रकारसमेत रहेका सांसदबाट आएको यस्तो अभिव्यक्ति झनै आपत्तिजनक भएको महासङ्घको भनाइ छ। महासङ्घले विवादित भनाइ प्रतिनिधिसभाको अभिलेखबाट हटाउन सभामुखसमक्ष माग गरेको छ। प्रेसविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने र पत्रकारलाई धम्क्याउने सांसदमाथि कारबाहीको माग पनि महासङ्घले उठाएको छ।

खत्रीले शुक्रबारका लागि तय गरेको अन्तरक्रिया कार्यक्रम भक्तपुरका पत्रकारले बहिष्कार गर्ने जनाउ दिइसकेका छन्। महासङ्घले खत्रीलाई संवैधानिक अधिकारको सम्मान गर्दै प्रेसप्रति जिम्मेवार व्यवहार गर्न पनि आग्रह गरेको छ।

स्रोत

सम्बन्धित समाचार