विपद् विशेष समितिको सभापतिमा गणेश पराजुली निश्चित

रास्वपा संसदीय दलका नेता गणेश पराजुली हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति बन्ने पक्का भएको छ। उम्मेदवारी दर्ताका लागि मङ्गलबार अपराह्न ४ बजेसम्म तोकिएको समयमा उहाँको मात्र उम्मेदवारी परेको छ। सभापतिको निर्वाचन भोलि बुधबार दिउँसो २ बजे हुने कार्यक्रम छ।
प्रतिनिधि सभामा रहेका सबै दलका सांसदले पराजुलीलाई समर्थन गरेका छन्। नेपाली कांग्रेसका सांसद मोहन आचार्य उहाँका प्रस्तावक हुनुहुन्छ। समर्थकमा एमालेका पुष्पराज कँडेल, राप्रपाकी सरस्वती लामा, नेकपाका रमेशकुमार मल्ल, रास्वपाकी निशा डाँगी र श्रम संस्कृति पार्टीका ध्रुवराज राई हुनुहुन्छ।
रसुवामा भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रतिनिधि सभाले असोज ५ गते यो १५ सदस्यीय समिति गठन गरेको थियो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


