१४ असोज २०८३ English
English

दार्चुला जिल्ला अस्पताल भवन पुस मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दार्चुला जिल्ला अस्पताल भवन पुस मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य

YouTube मा सब्स्क्राइब

दार्चुला जिल्ला सदरमुकाम खलङ्गामा बन्दै गरेको जिल्ला अस्पतालको भवन यही पुस मसान्तभित्र सक्ने लक्ष्य छ। यसका लागि निर्माणले तीव्रता पाएको छ। आयोजनाका अनुसार भवन ५० शय्याको हुनेछ।

गत साउनको अन्तिम साता पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आयोजना स्थलको निरीक्षण गर्नुभएको थियो। काममा ढिलाइ गरे निर्माण कम्पनीलाई कालोसूचीमा राख्न उहाँले निर्देशन दिएपछि कामको रफ्तार बढेको हो। सघन सहरी तथा भवन निर्माण आयोजना, बैतडीका अनुसार अहिलेसम्म करिब ६५ प्रतिशत भौतिक र करिब ५२ प्रतिशत वित्तीय प्रगति भएको छ।

हाल भवनको भुइँतला र पहिलो तलाको भित्री काम सकिएको छ भने दोस्रो र तेस्रो तलामा काम जारी छ। आयोजनाका इन्जिनियर विशाल श्रेष्ठले असोजको तेस्रो हप्ताभित्र चौथो तलाको ढलान सकिने बताउनुभएको छ। अपाङ्गमैत्री संरचना र लिफ्ट भएको यो भवनका लागि सरकारले २०७८ असार २४ गते श्यामसुन्दर गोर्खा, वाईआर जेभीसँग ठेक्का सम्झौता गरेको थियो।

सम्झौताअनुसार करिब २६ करोड ४८ लाख रुपैयाँ लागतको भवन २०८१ असार २३ गतेभित्र बनिसक्नुपर्ने थियो। तोकिएको समयमा काम सकिएन। अब थपिएको समयसीमाभित्रै भवन सक्ने गरी काम भइरहेको इन्जिनियर श्रेष्ठले जानकारी दिनुभएको छ।

स्रोत

सम्बन्धित समाचार