१३ असोज २०८३ English
English

नेतान्याहूको यूएई गोप्य भ्रमण, इरानबारे छलफल

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नेतान्याहूको यूएई गोप्य भ्रमण, इरानबारे छलफल

YouTube मा सब्स्क्राइब

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्सको गोप्य भ्रमण गरेको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ। भ्रमणबारे जानकार एक इजरायली स्रोतलाई उद्धृत गर्दै सीएनएनले उहाँले अबुधाबीमा यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग भेट गरेको उल्लेख गरेको छ। सोही स्रोतका अनुसार भेटमा इरानसँग जोडिएका क्षेत्रीय सुरक्षा चासो मुख्य विषय थिए।

इजरायली सञ्चारमाध्यमले नेतान्याहू निजी विमानबाट अबुधाबी पुगेको जनाएका छन्। नेतान्याहूको कार्यालय र यूएईको विदेश मन्त्रालयले भने भ्रमणको औपचारिक पुष्टि गरेका छैनन्। यसै वर्ष यसअघि पनि नेतान्याहूको यूएई गोप्य भ्रमणको खबर आएको थियो, जसलाई यूएईले आधारहीन भन्दै अस्वीकार गरेको थियो।

यो भ्रमण पश्चिम एसियामा तनाव कायम रहेका बेला भएको बताइएको छ। हालै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्दै नेतान्याहूले इरानको वर्तमान शासन ढल्ने दाबी गर्नुभएको थियो। उहाँले इरानविरुद्ध इजरायलले गरेको सैन्य कारबाही आफ्नो सुरक्षाका लागि आवश्यक रहेको पनि भन्नुभएको थियो।

स्रोत

सम्बन्धित समाचार