प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

अमेरिकाले इरानको उड्डयन क्षेत्रमाथि लगाएको प्रतिबन्ध सफल भएको दाबी गरेको छ। अमेरिकाले सेप्टेम्बरको सुरुमा इरानको सम्पूर्ण उड्डयन क्षेत्रमा प्रतिबन्ध लगाएको थियो र विदेशी कम्पनीलाई सेप्टेम्बर २३ सम्म पालना गर्न समय दिएको थियो। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यो दबाबको अभियानले इरानलाई आर्थिक रूपमा निसास्सिने अवस्थामा पुर्याउने दाबी गर्नुभएको थियो।
म्याद सकिएपछि सबै इरानी एयरलाइन्स विश्वभर बन्द हुने उहाँको दाबी थियो। उहाँले इरानी विमानलाई इन्धन, अवतरण सेवा वा टिकट बिक्री दिने कम्पनी डलर प्रणालीबाट बाहिरिने चेतावनी दिनुभएको थियो। इरानले भने अमेरिकी कदमलाई अवैध भन्दै संयुक्त राष्ट्रसङ्घमा उजुरी दिएको सोमबार घोषणा गरेको छ।
तेहरानबाट मात्रै करिब ३० अन्तर्राष्ट्रिय गन्तव्यमा उडान सेवा जारी रहेको इरानको दाबी छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

