१७ असोज २०८३ English
English

मर्मतका लागि काठमाडौँका केही क्षेत्रमा आइतबार बिजुली कटौती

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
मर्मतका लागि काठमाडौँका केही क्षेत्रमा आइतबार बिजुली कटौती

YouTube मा सब्स्क्राइब

नेपाल विद्युत् प्राधिकरणले मर्मत तथा वितरण प्रणाली सुधारका लागि काठमाडौँका केही क्षेत्रमा आज शनिबार र भोलि आइतबार बिजुली आपूर्ति बन्द गर्ने जनाएको छ। प्राधिकरणको रत्नपार्क वितरण केन्द्र र उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाले यसबारे सूचना जारी गरेका छन्। आज कमलादी फिडरअन्तर्गत जामे मस्जिद, घण्टाघर, स्काई टावर, गणेश मन्दिर, हेरिटेज प्लाजा, याक एन्ड यती र प्रज्ञा भवन आसपास बिहान ८ देखि ११ बजेसम्म बत्ती रहने छैन।

सुन्धारा क्षेत्रको त्रिपुरेश्वर फिडरअन्तर्गत धरहरा, बागदरबार, केन्द्रीय कारागार र रङ्गशाला आसपास आज बिहान १० देखि साँझ ५ बजेसम्म लाइन काटिनेछ। बबरमहल फिडरअन्तर्गत रानीपोखरी प्रहरी प्रभाग, सैनिक मुख्यालय, भृकुटीमण्डप, भन्सार कार्यालय र पशु अस्पताल आसपास दुवै दिन बिहान १० देखि साँझ ५ बजेसम्म आपूर्ति बन्द रहनेछ। रोकथाम मर्मत, भूमिगत केबल चार्जिङ र केही फिडरको भार सुन्धारा स्विचिङ स्टेसनमा सार्ने कामका कारण बिजुली काट्नुपरेको प्राधिकरणले जनाएको छ।

स्रोत

सम्बन्धित समाचार