१४ असोज २०८३ English
English

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन विपक्षीको फेरि माग

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन विपक्षीको फेरि माग

YouTube मा सब्स्क्राइब

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमाबारे दिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन विपक्षी श्रम संस्कृति पार्टीले फेरि माग गरेको छ। बुधबार प्रतिनिधिसभाको बैठक औपचारिक रूपमा सुरु नहुँदै केही सांसद उभिएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु नभएको बताउनुभएको थियो। बैठक सुरु भएपछि पनि सांसदहरू उठेपछि सभामुखले सांसद अम्बिका देवी संग्रौलालाई बोल्ने समय दिनुभएको थियो।

संग्रौलाले प्रधानमन्त्रीले गत जेठ १७ गते संसद्को रोस्ट्रमबाट 'नेपालले पनि भारतको धेरै ठाउँमा सीमा मिचेको छ' भनी दिएको अभिव्यक्तिलाई राष्ट्रघाती भन्नुभएको छ। उक्त भनाइ सदनबाटै सच्याउन वा रेकर्डबाट हटाउन आफूहरूले लामो समयदेखि माग गर्दै आएको उहाँले बताउनुभएको छ। पटक–पटक माग गर्दा पनि अहिलेसम्म सुनुवाइ नभएकोमा उहाँले आपत्ति जनाउनुभएको छ।

माग कहिलेसम्म सम्बोधन हुन्छ भन्नेबारे सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै उहाँले जवाफ माग्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार