कांग्रेस महाधिवेशनको तयारी: विदेशी पाहुना आउन थाले, प्रतिनिधि शुल्क तोकियो, शेखरनिकट पनि वडा अधिवेशनमा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन विदेशी पाहुना काठमाडौं आउन थालेका छन्। सोसलिस्ट इन्टरनेसनलकी महासचिव चान्टल काम्बिवा बुधबार काठमाडौं आइपुग्नुभएको छ। असोज १६ गतेका लागि तय भएको महाधिवेशन दुई दिन पर सारिएको छ।
अब असोज १८ गते दिउँसो २ बजे खुलामञ्चमा उद्घाटन हुने र महाधिवेशन २२ गतेसम्म चल्ने कार्यक्रम छ। कांग्रेसले प्रत्येक महाधिवेशन प्रतिनिधिका लागि ३ हजार ५ सय रुपैयाँ शुल्क तोकेको छ। निर्वाचन समितिका अनुसार यसपटक करिब ७ हजार प्रतिनिधि सहभागी हुनेछन्।
१४औँ महाधिवेशनमा ४ हजार ७ सयभन्दा बढी प्रतिनिधि थिए। विधान संशोधनपछि प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट चयन हुने प्रतिनिधि २६ बाट बढाएर ३३ पुर्याइएको छ। प्रतिनिधिका लागि होटल पार्टीले बुक गर्ने भए पनि बसाइ खर्च प्रतिनिधि आफैँले तिर्नुपर्नेछ।
यता, डा. शेखर कोइरालानिकट नेता–कार्यकर्ता पूर्वसभापति शेरबहादुर देउवा समूहले बिहीबारदेखि गर्न लागेको वडा अधिवेशनमा सहभागी हुने भएका छन्। कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले यसको पुष्टि गर्नुभएको छ।
कोइराला आफैं भने तटस्थ रहनुभएको छ। देउवा समूहको केन्द्रीय निर्वाचन समितिका संयोजक एकराज पोख्रेलले बिहीबारदेखि शनिबारसम्म वडा अधिवेशन सक्न जिल्ला निर्वाचन समितिहरूलाई निर्देशन दिइएको जानकारी दिनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


