प्रधानमन्त्रीको इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग दुई घण्टा छलफल, विज्ञताअनुसार योगदान माग

प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बुधबार करिब दुई घण्टा छलफल गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मध्याह्न १२ बजेदेखि सवा २ बजेसम्म छलफल चलेको थियो। सहभागीमध्ये नेपाली कांग्रेसका रसुवा सांसद मोहन आचार्यबाहेक सबै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद थिए।
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीमा यस्तो पृष्ठभूमिका सांसद नभएकाले उनीहरूलाई नबोलाइएको कार्यालयले जनाएको छ। सुरुमा सांसदहरूले बाढीपहिरोपछिको अवस्थाबारे आफ्ना धारणा राखेका थिए। प्रधानमन्त्री शाहले सांसदहरूलाई अभिव्यक्ति र विज्ञताका आधारमा 'एभरेज', 'एभरेजभन्दा तल' र 'एक्स्ट्रा अर्डिनरी' गरी तीन समूहमा छुट्याउँदै इन्जिनियरलाई तेस्रो समूहमा राख्नुभएको सहभागी एक सांसदले बताएका छन्।
उहाँले औद्योगिकीकरणका लागि ठोस विचार दिन आग्रह गर्दै उपयोगी प्रस्तावमा प्रधानमन्त्री कार्यालयसँग सिधै समन्वय गर्न सकिने बताउनुभएको छ। कानुन निर्माणमा इन्जिनियर सांसदहरूको अनुभव महत्त्वपूर्ण हुने कुरामा पनि उहाँले जोड दिनुभएको छ। रास्वपा सांसद डा.
राम लामाका अनुसार छलफलमा वनसम्बन्धी ऐन, विकास आयोजनाका लागि कानुनी सुधार र विद्युत् खपत बढाउने योजनाबारे कुरा भएको थियो। सरकारले रासायनिक मल कारखाना स्थापनाका लागि छिट्टै प्रस्ताव आह्वान गर्ने जानकारी प्रधानमन्त्रीले दिनुभएको डा. लामाले बताउनुभएको छ।
विद्युत् खपत बढाउने आयोजनालाई सरकारले आवश्यक सहुलियत दिने योजना पनि प्रधानमन्त्रीले सुनाउनुभएको छ। प्रधानमन्त्रीले सांसदहरूलाई राजनीतिक विषयमा भन्दा बढी दीर्घकालीन नीति तथा नयाँ सोचमा ध्यान दिन पनि आग्रह गर्नुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


