१४ असोज २०८३ English
English

दसैँ–तिहारमा हवाई भाडा बढाइएकोमा संसदमा आपत्ति

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दसैँ–तिहारमा हवाई भाडा बढाइएकोमा संसदमा आपत्ति

YouTube मा सब्स्क्राइब

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईँले दसैँ–तिहारको मुखमा हवाई टिकटको भाडा अत्यधिक बढाइएकोमा आपत्ति जनाउनुभएको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले चाडपर्वमा यात्रुको भीड बढ्ने अवसरको फाइदा उठाउँदै एयरलाइन्स कम्पनीहरूले मनलाग्दी भाडा लिने गरेको आरोप लगाउनुभएको छ। सांसद प्रसाईँका अनुसार अक्टोबर १६ देखिको धनगढी उडानको एकतर्फी टिकट करिब १६ हजार रुपैयाँसम्म पुगेको छ।

झापाको भद्रपुर उडानको टिकट पनि करिब १२ हजार रुपैयाँसम्म पुगेको उहाँको भनाइ छ। हरेक वर्ष दसैँ–तिहारमा भाडा मनपरी बढाइने र कम्पनीहरूले मौकामा चौका हान्ने गरेको उहाँले बताउनुभएको छ। एयरलाइन्स कम्पनीलाई चिकेन चिल्ली र यात्रुलाई लौका पर्ने गरेको भन्दै उहाँले व्यङ्ग्य पनि गर्नुभएको छ।

सांसद प्रसाईँले हवाई टिकटमा कालोबजारी भइरहेको दाबी गर्दै पर्यटनमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ। उहाँले पर्यटनमन्त्रीलाई यस विषयमा रमिते बनेर नबस्न आग्रह गर्नुभएको छ। हवाई भाडामाथि प्रभावकारी अनुगमन गर्न पनि उहाँले सरकारसँग माग गर्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार