१४ असोज २०८३ English
English

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्च भएको कुरा सत्य होइन, बढीमा २० करोड लाग्यो: गृहमन्त्री गुरुङ

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
हेलिकप्टर उद्धारमा १५ अर्ब खर्च भएको कुरा सत्य होइन, बढीमा २० करोड लाग्यो: गृहमन्त्री गुरुङ
तस्बिर: नेपाल प्रेस

गृहमन्त्री सुधन गुरुङले रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको हेलिकप्टर उद्धारका लागि १५ अर्ब रुपैयाँ खर्च भएको भन्ने कुरा सत्य नरहेको बताएका छन्।

बुधबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले हेलिकप्टर उद्धारमा बढीमा २० करोड रुपैयाँ खर्च भएको बताए।

गृहमन्त्री गुरुङले विपद्का घटनापछि बस्ने बैठकहरू अब औपचारिकतामा मात्र सीमित नभई परिणाममुखी र प्रभावकारी बनाइएको पनि बताए।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १४ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 14 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार