१० असोज २०८३ English
English

पूर्वमा मौसम सुधार, गण्डकी र लुम्बिनीमा आज राति अति भारी वर्षाको चेतावनी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पूर्वमा मौसम सुधार, गण्डकी र लुम्बिनीमा आज राति अति भारी वर्षाको चेतावनी
तस्बिर: नागरिक

मौसम पूर्वानुमान महाशाखाले शनिबार राति गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा 'अति भारी' वर्षा हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। हावाहुरी चल्ने सम्भावना पनि छ।

तीन दिनदेखि लगातार वर्षा गराइरहेको प्रणाली अहिले देशको मध्य र पश्चिमी क्षेत्रमा केन्द्रित भएको छ। मौसम विज्ञान विभागका अनुसार पूर्वी क्षेत्रमा मौसम क्रमशः सुधार हुँदै गए पनि पश्चिम नेपालमा भने वर्षाको प्रभाव कायमै छ। पश्चिमी क्षेत्रमा आइतबारदेखि मौसममा सुधार हुने अनुमान गरिएको छ।

विभागका अनुसार आइतबार दिउँसोसम्म बागमती प्रदेशको पश्चिमी भूभाग, मधेश प्रदेशको पश्चिमी भूभाग तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

सुदूरपश्चिममा लगातारको वर्षाले नदी, खोला तथा जलस्रोतमा पानीको बहाव बढ्न थालेको छ। तत्काल ठूलो बाढीको चेतावनी दिनुपर्ने अवस्था नरहे पनि आगामी दुई दिनसम्म वर्षा हुने पूर्वानुमान भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १० असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 10 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार