१० असोज २०८३ English
English

नारायणी नदीमा बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ३६ ढोका खोलिए

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नारायणी नदीमा बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ३६ ढोका खोलिए
तस्बिर: रातोपाटी

बिहीबारदेखि परिरहेको वर्षाका कारण नारायणी नदीले सतर्कता तह पार गरेको छ। नारायणी बेसिन कार्यालय चितवनका अनुसार नदीमा पानीको सतह ८ दशमलव ३० मिटर पुगेको छ।

देवघाटस्थित जलमापन केन्द्रका अनुसार शनिबार दिउँसो ३ बजेको मापनमा नदीको जलसतह ८.९८ मिटर पुगेको थियो। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) हुँदै बग्ने नारायणी नदीमा आएको बाढी खतराको तह नजिक पुगेपछि गण्डक ब्यारेजका सबै ३६ ढोका खोलिएका छन्।

नदीको बहाव बढेपछि कावासोती नगरपालिका–१७ अमलटारी क्षेत्रका रिसोर्टमा शनिबार दिउँसो करिब १२:३० बजे बाढी पसेको थियो। त्यहाँ सुरक्षाकर्मीले उद्धार गरेका छन्।

सुस्तामा दर्जनौँ घर डुबानमा परेका छन्। डुबानबाट प्रभावित बासिन्दालाई सुरक्षित स्थानमा सारिएको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताएका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १० असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 10 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार