भवन ऐन, २०८३ को विधेयक संसद्मा दर्ता, हरेक नागरिकको आवास अधिकार सुनिश्चित गर्ने प्रस्ताव

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन, २०८३ को विधेयक संघीय संसद् सचिवालयमा दर्ता गराएको छ।
पूर्वाधार विकासमन्त्री सुनील लम्सालले भवनसम्बन्धी उक्त नयाँ विधेयक संसद्मा दर्ता गराएका हुन्।
विधेयकमा बस्ती स्थानान्तरण गर्नुपर्दा सरकारले नयाँ घर बनाइदिने व्यवस्था प्रस्ताव गरिएको छ। भवन निर्माणसम्बन्धी विषयलाई नयाँ कानुनमार्फत व्यवस्थित गर्ने उद्देश्यले विधेयक ल्याइएको हो।
सरकारले शुक्रबार प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग सम्बन्धित विभिन्न विधेयक दर्ता गराएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


