नागरिक उड्डयन प्राधिकरणलाई दुई संस्थामा छुट्याउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियमनकारी र सेवाप्रदायक गरी छुट्टाछुट्टै संस्थामा विभाजन गर्ने उद्देश्यसहितका दुई विधेयक प्रतिनिधिसभामा दर्ता भएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)ले शुक्रबार ती विधेयक संसद्मा दर्ता गराएका हुन्। उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउने उद्देश्यले विधेयक ल्याइएको हो।
हाल नागरिक उड्डयन प्राधिकरणले नियमन र सेवा प्रदान दुवै काम गर्दै आएको छ। प्रस्तावित विधेयकअनुसार यी दुई काम अलग-अलग संस्थाबाट हुनेछन्।
संसद् सचिवालयको अभिलेखअनुसार सरकारले शुक्रबार एकै दिन प्रतिनिधिसभामा पाँचवटा विधेयक दर्ता गराएको छ। ती विधेयक नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग सम्बन्धित छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


