लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बौद्ध दर्शनमा केन्द्रित गर्न शिक्षामन्त्री पोखरेलको निर्देशन

शिक्षा तथा खेलकुद मन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयलाई बौद्ध दर्शनमा केन्द्रित रहेर शैक्षिक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएका छन्।
रुपन्देहीस्थित विश्वविद्यालयको आज अवलोकन भ्रमण गर्दा मन्त्री पोखरेलले विश्वविद्यालयको विशिष्ट पहिचान कायम राख्नुपर्ने बताए। विश्वविद्यालय स्थापनाको उद्देश्यअनुरूप बौद्ध दर्शनमा केन्द्रित शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।
यसैबीच शिक्षामन्त्रीसमक्ष विश्वविद्यालयमा भएको भनिएको अनियमितताको छानबिन गर्न माग गरिएको छ। मन्त्रीलाई बुझाइएको ध्यानाकर्षणपत्रमा विश्वविद्यालयलाई स्थानीय आवश्यकता र विश्वस्तरीय बौद्ध शिक्षाको केन्द्रका रूपमा विकास गर्न सरकारसँग आग्रह गरिएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


