विगतमा धक्का खाए पनि एमालेले फेरि दुई तिहाइ ल्याउन सक्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले विगतमा राजनीतिक धक्का खाए पनि फेरि दुई तिहाइ ल्याउन सकिने दाबी गरेका छन्।
शुक्रबार पार्टीको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टीले भोगेका राजनीतिक धक्कालाई स्वाभाविक रूपमा लिनुपर्ने बताए। उनले लडेको ठाउँबाटै फेरि उठेर दुई तिहाइको लक्ष्यमा पुग्न सकिने बताएका हुन्।
सोही क्रममा अध्यक्ष ओलीले नेताहरूलाई सानातिना कुरा र अहम् (इगो) त्यागेर पार्टीको महान् उद्देश्यमा केन्द्रित हुन निर्देशन पनि दिएका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


