१७ असोज २०८३ English
English

दसैँ यात्रा: नयाँ बसपार्कसहित देशभर यात्रु सहायता कक्ष सञ्चालनमा, बढी भाडा नलिन आग्रह

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दसैँ यात्रा: नयाँ बसपार्कसहित देशभर यात्रु सहायता कक्ष सञ्चालनमा, बढी भाडा नलिन आग्रह

YouTube मा सब्स्क्राइब

दसैँ, तिहार र छठमा घर फर्कने यात्रुको सहजताका लागि काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा शुक्रबारदेखि यात्रु सहायता कक्ष सञ्चालनमा आएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक शुशील सिंह राठौरले कक्षको उद्घाटन गर्नुभएको हो। ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग, काठमाडौँ महानगरपालिका, यातायात व्यवसायी र मजदुरको संयुक्त पहलमा कक्ष खोलिएको हो।

नयाँ बसपार्कसहित माछापोखरी, कलंकी, बल्खु, नागढुङ्गा, कोटेश्वर, चाबहिल र भीमढुङ्गालगायत उपत्यकाका १५ स्थानमा यस्ता कक्ष राखिनेछन्। यात्रुले कक्षमा यात्रासम्बन्धी जानकारी लिन र गुनासो राख्न सक्नेछन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले तोकिएको भाडाभन्दा एक रुपैयाँ पनि बढी नलिन व्यवसायीलाई आग्रह गर्नुभएको छ।

अग्रिम टिकट बुकिङ खुलाउनेबारे सरकार र सरोकारवाला निकायसँग छलफल चलिरहेको उहाँले बताउनुभएको छ। अन्य प्रदेश र जिल्लामा पनि यस्ता कक्ष सञ्चालन गरिने उहाँको भनाइ छ। कोशी प्रदेशमा पनि प्रहरीले विराटनगर बसपार्कसहित विभिन्न स्थानमा सहायता कक्ष सुरु गरेको छ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले उद्घाटनका क्रममा यात्रुले समस्या पर्दा प्रहरी खोज्दै हिँड्नु नपरोस् भनेर कक्ष खोलिएको बताउनुभएको छ। ओखलढुङ्गा सदरमुकामको रमाइलोडाँडा र मानेभञ्ज्याङको हर्कपुरमा पनि यस्ता कक्ष खोलिएका छन्।

स्रोत

सम्बन्धित समाचार