१६ असोज २०८३ English
English

निर्वाचन आयोगले राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन बुझायो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
निर्वाचन आयोगले राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन बुझायो

YouTube मा सब्स्क्राइब

निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले बिहीबार, असोज १५ गते महाराजगञ्जस्थित राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो। हस्तान्तरणका क्रममा प्रमुख आयुक्त कार्कीसँगै आयोगका अन्य आयुक्तहरू पनि उपस्थित थिए।

संविधानको धारा २९४ बमोजिम प्रतिवेदन बुझाइएको राष्ट्रपतिको कार्यालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। निर्वाचन आयोग ऐन, २०७३ को दफा ४४ ले पनि आयोगले हरेक वर्ष यस्तो प्रतिवेदन पेस गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ।

स्रोत

सम्बन्धित समाचार