१६ असोज २०८३ English
English

मुस्ताङमा सञ्चार सेवा फेरि सुचारु, म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
मुस्ताङमा सञ्चार सेवा फेरि सुचारु, म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु

YouTube मा सब्स्क्राइब

मुस्ताङमा बाढी र कालीगण्डकी नदीको कटानले अवरुद्ध बनेको सञ्चार सेवा बिहीबार दिउँसोदेखि फेरि सुचारु भएको छ। नदीले फाइबर जडित पोलसहितका संरचना बगाएपछि उत्तरी म्याग्दी र मुस्ताङबीचको सञ्चार सम्पर्क टुटेको थियो। प्राविधिक टोलीले मर्मत गरेर सेवा चालू गरेको नेपाल टेलिकम बागलुङका कार्यालय प्रमुख मिलनराज रन्जितले बताउनुभएको छ।

क्षति पुगेका थप स्थान पहिचान गरेर मर्मत गरिने उहाँले जनाउनुभएको छ। जिल्लामा विद्युत् आपूर्ति भने अझै बन्द रहेको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताउनुभएको छ। असोज ८ देखि ११ गतेसम्मको झरीपछि कालीगण्डकीमा आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पोखरेबगर, धिरच्याङ र दोवामा २२० केभीको दाना–खुर्कोट प्रसारण लाइनका चार टावर ढालेको थियो।

लाइन चुँडिएपछि मुस्ताङ र अन्नपूर्ण गाउँपालिकामा बिजुली आपूर्ति ठप्प छ। म्याग्दी र मुस्ताङका छवटा जलविद्युत् आयोजनाको करिब १७६ मेगावाट बिजुली केन्द्रीय प्रणालीमा जोडिन नसक्दा करोडौँ रुपैयाँ नोक्सानी भएको छ। बिजुली फर्काउन प्रसारण लाइन मर्मतको काम सुरु गरिएको छ।

स्रोत

सम्बन्धित समाचार