१६ असोज २०८३ English
English

मनाङमा अलपत्र १६ इन्डोनेसियाली र हुम्लामा तीन जर्मन पर्यटकको हेलिकप्टरबाट उद्धार

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
मनाङमा अलपत्र १६ इन्डोनेसियाली र हुम्लामा तीन जर्मन पर्यटकको हेलिकप्टरबाट उद्धार

YouTube मा सब्स्क्राइब

अन्नपूर्ण पदमार्गमा ट्रेकिङ गर्न गएर मनाङमा रोकिएका इन्डोनेसियाका १६ जना पर्यटकलाई हेलिकप्टरबाट उद्धार गरिएको छ। डाइनेस्टी हेलिकप्टरले उनीहरूलाई निस्याङ गाउँपालिका–१ को घताङ एग्रो क्षेत्रबाट लमजुङको बेँसीसहर नगरपालिका–७ सहजीमा ल्याएको हो। असोज ८ देखि ११ गतेसम्म लगातार परेको वर्षाले ठाउँठाउँमा पहिरो खसेपछि उनीहरू घताङमा अलपत्र परेका थिए।

लमजुङका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक जितेन्द्रबहादुर बस्नेतले हेलिकप्टरमार्फत उद्धार गरिएको जानकारी दिनुभएको छ। यसैबीच, लिमी उपत्यका घुम्न गएर हुम्लाको नाम्खा गाउँपालिका–६ हल्जी गाउँमा रोकिएका तीन जर्मन पर्यटकको पनि बिहीबार हेलिकप्टरबाट उद्धार गरिएको छ। असोज ९ देखि ११ गतेसम्मको हिमपातले बाटोमा बाक्लो हिउँ थुपारेपछि उनीहरू आवतजावत गर्न सकेका थिएनन्।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काका अनुसार सिम्रिक एयरको हेलिकप्टरले उनीहरूलाई हल्जीबाट सिमकोट विमानस्थल हुँदै सुर्खेत पुर्‍याएको छ।

स्रोत

सम्बन्धित समाचार