एआई लगानीले अवसरसँगै जोखिम बढाएको ओइसीडीको आकलन

कृत्रिम बुद्धिमत्तामा बढ्दो लगानीले विश्व अर्थतन्त्रमा अवसरसँगै जोखिम पनि बढाएको आर्थिक सहयोग तथा विकास सङ्गठन ओइसीडीले जनाएको छ। बुधबार सार्वजनिक भएको आर्थिक परिदृश्य अन्तरिम प्रतिवेदनमा सन् २०२६ को पहिलो छ महिनामा धेरै अर्थतन्त्रमा एआईसम्बन्धी लगानी र उत्पादन तीव्र रूपमा बढेको उल्लेख छ। यसले मध्यपूर्वको द्वन्द्वबाट परेको समग्र आर्थिक प्रभावलाई केही हदसम्म कम गर्न सहयोग पुर्याएको प्रतिवेदनमा उल्लेख छ।
यस अवधिमा विश्वव्यापी आर्थिक वृद्धिदर वार्षिक करिब २ दशमलव ६ प्रतिशतमा झरेको छ, जुन सन् २०२५ को सोही अवधिमा करिब ३ दशमलव ६ प्रतिशत थियो। सन् २०२६ को दोस्रो त्रैमासिकमा विभिन्न देशको वास्तविक कुल गार्हस्थ्य उत्पादनमा यस्तो लगानीको प्रभाव देखिएको ओइसीडीले बताएको छ। ऊर्जा अभावले एआईजस्ता ऊर्जामा अत्यधिक निर्भर क्षेत्रको विकासमा असर पार्न सक्ने चेतावनी प्रतिवेदनले दिएको छ।
सुरक्षासम्बन्धी चिन्ताले समेत एआईको विकासलाई प्रभावित पार्न सक्ने ओइसीडीको आकलन छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


