९ असोज २०८३ English
English

मंसिरको पहिलो साता प्रधानमन्त्रीको भारत भ्रमणको तयारी

· १ मिनेट पढाइ
मंसिरको पहिलो साता प्रधानमन्त्रीको भारत भ्रमणको तयारी
तस्बिर: क्लिकमाण्डू

प्रधानमन्त्री बालेन्द्र शाहले आगामी नोभेम्बरको तेस्रो साता अर्थात् मंसिरको पहिलो साता भारत भ्रमण गर्ने भएका छन्। ठ्याक्कै मिति भने अझै तय नभएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। शाह प्रधानमन्त्री भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उहाँलाई भ्रमणको निम्तो पठाउनुभएको थियो।

त्यसबेला प्रधानमन्त्री शाहले उपयुक्त समयमा भारत भ्रमण गर्ने जानकारी दिनुभएको थियो। न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भएको साइडलाइन वार्तामा यो भ्रमणबारे छलफल भएको थियो। सोही अवसरमा दुई देशबीच रहेका ४० भन्दा बढी द्विपक्षीय संयन्त्र सक्रिय बनाएर सहकार्य सघन तुल्याउने सहमति भएको छ।

भारतीय सञ्चारमाध्यमले भने सरकारको नेतृत्व सम्हालेको करिब ६ महिनापछि हुने यो भ्रमण उहाँको पहिलो औपचारिक विदेश भ्रमण हुने र नोभेम्बरको दोस्रो सातातिर नयाँ दिल्ली जाने गरी दुवै देशका कूटनीतिक संयन्त्रले गृहकार्य तीव्र पारेको लेखेका छन्। भ्रमणको राजनीतिक तथा आर्थिक पृष्ठभूमि तयार गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको दुईदिने भ्रमण सम्पन्न गर्नुभएको छ।

नयाँ दिल्लीमा उहाँले भारतीय समकक्षी निर्मला सीतारमण र विदेशमन्त्री जयशंकरसँग छुट्टाछुट्टै उच्चस्तरीय वार्ता गर्नुभएको थियो। भेटपछि जयशंकरले आर्थिक, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा समग्र सहकार्य थप बलियो बनाउने विषयमा फलदायी छलफल भएको जनाउनुभएको छ।

यो समाचार भिडियोमा

मंसिरको पहिलो साता प्रधानमन्त्रीको भारत भ्रमणको तयारी

स्रोत

सम्बन्धित समाचार