चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजदेखि देशभर लागू

आगामी चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले बुधबारदेखि देशभर विशेष सुरक्षा योजना लागू गरेको छ। यो योजना छठपर्वको भोलिपल्ट कात्तिक ३० गतेसम्म करिब डेढ महिना कायम रहने छ। प्रहरीका अनुसार योजनाअन्तर्गत देशभर करिब ५० हजार प्रहरी परिचालन गरिने छ।
आम नागरिकको सुरक्षादेखि औद्योगिक प्रतिष्ठान र सडक सुरक्षासम्मका विषय योजनामा समेटिएको प्रहरी प्रवक्ताले बताउनुभएको छ। हालैको विपद् र बेरोजगारीका कारण चोरी तथा लुटपाट बढ्न सक्ने भन्दै एक पूर्वअतिरिक्त प्रहरी महानिरीक्षकले सोहीअनुसार रणनीति बनाउन सुझाव दिनुभएको छ। मधेस प्रदेशका आठवटै जिल्लाका करिब १ हजार ५ सय स्थानमा करिब ७ हजार २ सय प्रहरी खटाइने प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
तीमध्ये सबैभन्दा धेरै, करिब २ हजार ६ सय प्रहरी धनुषामा रहने छन्। ललितपुरमा कमान्ड फोर्ससहित करिब १ हजार ३ सय प्रहरी खटिएका छन्। पर्सा प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी नचलाउन, जुवातास नखेल्न र आतिशबाजी नगर्न आग्रह गरेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

