२१ असोज २०८३ English
English

कांग्रेस महाधिवेशन अपडेट: राठौर, चालिसे र रिजालले उम्मेदवारी फिर्ता लिए, वर्षाले बन्दसत्र ढिलो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेस महाधिवेशन अपडेट: राठौर, चालिसे र रिजालले उम्मेदवारी फिर्ता लिए, वर्षाले बन्दसत्र ढिलो

YouTube मा सब्स्क्राइब

काठमाडौँमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका उम्मेदवार किशोरसिंह राठौरले बुधबार उम्मेदवारी फिर्ता लिनुभएको छ। राष्ट्रिय सभा भवनमा पत्रकार सम्मेलन गरी उहाँले पार्टी एकताका लागि सभापति गगनकुमार थापाको सहकार्य प्रस्ताव स्वीकारेको बताउनुभएको छ। अब सभापतिमा थापा र श्यामकृष्ण खड्गीको उम्मेदवारी कायम छ।

खुला उपसभापतिका उम्मेदवार तथा पार्टी प्रवक्ता देवराज चालिसेले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभएको छ। सभापति थापाले महत्त्वपूर्ण जिम्मेवारी दिने आश्वासन दिएपछि डा. मिनेन्द्र रिजालले पनि उपसभापतिको उम्मेदवारी छाड्नुभएको छ।

यता, हावाहुरीसहितको वर्षाले बिहान साढे १० बजे तोकिएको बन्दसत्र अपराह्न ४ बजे मात्र सुरु भएको छ। बन्दसत्रले सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका चार प्रतिवेदन पारित गर्नेछ। निर्वाचन समितिका अनुसार १९ निर्वाचित पदका लागि ७९ जनाको उम्मेदवारी परेको थियो।

असोज २२ गते बिहीबार बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी छ।

स्रोत

सम्बन्धित समाचार