२१ असोज २०८३ English
English

पूर्वप्रधानन्यायाधीश जबरा र निकटका व्यक्तिको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पूर्वप्रधानन्यायाधीश जबरा र निकटका व्यक्तिको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा

YouTube मा सब्स्क्राइब

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा छापा मारेको छ। विभागको टोली बुधबार दिउँसो काठमाडौंको महाराजगञ्जस्थित उहाँको निवासमा पुगेको हो। सोही समयमा जबराका भाइ, ज्वाइँ र उहाँनिकट मानिएका अन्य केही व्यक्तिको घरमा पनि एकैसाथ खानतलासी गरिएको छ।

छापा मारिएकामध्ये केही पूर्वन्यायाधीश पनि रहेको स्रोतहरूले जनाएका छन्। विभाग स्रोतका अनुसार छापाका क्रममा केही घरबाट महत्त्वपूर्ण कागजात फेला परेका छन्। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको आशंकामा प्रहरी र विभागले संयुक्त रूपमा अनुसन्धान थालेको जनाइएको छ।

यसअघि असोज १० गते मध्यराति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई घरबाटै नियन्त्रणमा लिएको थियो। सुरक्षा खतराको कारण देखाउँदै उहाँको मोबाइल पनि लिइएको थियो। उहाँलाई करिब १२ घण्टापछि छाडिएको थियो।

सोही प्रकरणसँग जोडिएर सशस्त्र प्रहरी बलका एक अतिरिक्त महानिरीक्षक निलम्बनमा परेका छन्।

स्रोत

सम्बन्धित समाचार