२१ असोज २०८३ English
English

देशका अधिकांश स्थानमा वर्षा, शुक्रबारसम्म जारी रहने, शनिबारदेखि मौसममा सुधार

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
देशका अधिकांश स्थानमा वर्षा, शुक्रबारसम्म जारी रहने, शनिबारदेखि मौसममा सुधार
तस्बिर: रातोपाटी

देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ। पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण वर्षा भएको हो। नेपाल मौसम विज्ञान विभागका अनुसार यो क्रम शुक्रबारसम्म जारी रहनेछ र शनिबारदेखि मौसममा क्रमशः सुधार हुनेछ।

मौसमविद् रोजन लामिछानेका अनुसार शुक्रबारसम्म कतिपय ठाउँमा ठूलो वर्षा हुन सक्छ। काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा बुधबार हावाहुरीसँगै मेघगर्जन, चट्याङ र वर्षा भइरहेको छ। ललितपुरको कुपण्डोलमा हावाहुरीका कारण रुख ढलेर ललितपुर र काठमाडौँ जोड्ने सडक अवरुद्ध भएको थियो।

कर्णाली प्रदेशका अधिकांश भागमा पछिल्लो २४ घण्टादेखि वर्षा भइरहेकाले प्रदेशका सबै जिल्लामा चेतावनी जारी गरिएको छ। पहाडी तथा भिरालो क्षेत्रमा पहिरो जाने, सडक अवरुद्ध हुने तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ।

अर्घाखाँचीको सिमलपानी जलमापन केन्द्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा मापन भएपछि साना नदी तथा बाणगंगाको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २१ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 21 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार