२१ असोज २०८३ English
English

बेनी–जोमसोम–कोरला सडकका अधिकांश स्थानमा ट्र्याक खुल्यो, सोमबारसम्म सञ्चालनको तयारी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बेनी–जोमसोम–कोरला सडकका अधिकांश स्थानमा ट्र्याक खुल्यो, सोमबारसम्म सञ्चालनको तयारी
तस्बिर: रातोपाटी

बाढीपहिरोका कारण अवरुद्ध बनेको बेनी–जोमसोम–कोरला सडक पुनः सञ्चालनमा ल्याउने काम अन्तिम चरणमा पुगेको छ। सडक विभागका अनुसार सडकखण्डका अधिकांश स्थानमा पहिरो पन्छाएर ट्र्याक खोल्ने काम सम्पन्न भएको छ।

गत असोज ८ देखि ११ गतेसम्म परेको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोले कालीगण्डकी करिडोरअन्तर्गतको यस सडकका विभिन्न खण्डमा क्षति पुर्‍याएको थियो। त्यसपछि मर्मत तथा पुनर्निर्माणको कामलाई तीव्रता दिइएको छ।

पोखरेबगरमा सडक सञ्चालनका लागि माटो भर्ने काम भइरहेको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार आगामी सोमबार अर्थात् असोज २६ गतेसम्म सडकमा सवारीसाधन सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २१ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 21 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार