क्यानडा सुपर ६० खेल्न कप्तान इन्दु बर्मा क्यानडामा

नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा क्यानडा सुपर ६० क्रिकेट प्रतियोगितामा सहभागी हुन १० असोजमा क्यानडा प्रस्थान गरेकी छन्। प्रतियोगिताको दोस्रो संस्करणका लागि फ्रेन्चाइज टोली टोरन्टो सिक्सर्सले इन्दुलाई आफ्नो टोलीमा अनुबन्ध गरेको छ। इन्दु क्यानडाको भ्यानकुभर सहरस्थित बीसी प्लेसमा सेप्टेम्बर २९ देखि अक्टोबर ४ सम्म चल्ने छ दिने प्रतियोगितामा खेल्नेछिन्।
महिलातर्फ टोरन्टो सिक्सर्स, भ्यानकुभर वारियर्स र भ्यानकुभर एन्कर्स गरी तीन टोलीबीच प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ भने प्रतियोगितामा कुल २४ खेल हुने कार्यक्रम तय भएको छ। क्यानडा सुपर ६० टी–१० ढाँचामा खेलाइने फ्रेन्चाइजमा आधारित प्रतियोगिता हो।
यसमा प्रत्येक टोलीले एक इनिङमा १० ओभरसम्म ब्याटिङ गर्ने नियम छ। यस ढाँचामा एउटा खेल करिब ९० मिनेटमा सकिने उल्लेख छ। इन्दुसँगै दक्षिण अफ्रिकाकी मरिजान काप, पाकिस्तानकी फातिमा साना र इङ्ग्ल्यान्डकी बेस हीथजस्ता चर्चित अन्तर्राष्ट्रिय खेलाडी पनि यस प्रतियोगितामा सहभागी हुनेछन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


