११ असोज २०८३ English
English

नेपालसँगको लिग–२ शृङ्खलाका लागि क्यानडाको टोली घोषणा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नेपालसँगको लिग–२ शृङ्खलाका लागि क्यानडाको टोली घोषणा

YouTube मा सब्स्क्राइब

नेपाल र ओमानविरुद्ध खेलिने आईसीसी विश्वकप लिग–२ शृङ्खलाका लागि क्यानडाले १५ खेलाडीको टोली सार्वजनिक गरेको छ। ३६ वर्षका हम्जा तारिक टोलीका कप्तान बनेका छन्। उपकप्तानको जिम्मेवारी श्रेयस मोभ्भालाई दिइएको छ।

तारिक सात वर्षपछि क्यानडाको एकदिवसीय टोलीमा फर्कन लागेका हुन्। उनले एकदिवसीय क्रिकेटमा पहिलो खेल सन् २०११ मा अफगानिस्तानसँग खेलेका थिए। उनको पछिल्लो एकदिवसीय खेल सन् २०१४ मा नेदरल्यान्ड्ससँग भएको थियो।

सोही वर्ष एकदिवसीय मान्यता गुमेपछि क्यानडाका ५० ओभरका खेलहरू लिस्ट ‘ए’ का रूपमा गनिँदै आएका छन्। लिग–२ को अंकतालिकामा ओमान ३१ अंकसहित चौथो स्थानमा छ। क्यानडा २५ अंक जोडेर छैटौँ र नेपाल २४ अंकसहित सातौँ स्थानमा छ।

स्रोत

सम्बन्धित समाचार