१६ असोज २०८३ English
English

कोरला सडकका धेरैजसो अवरोध हटे, न्हेचुङ भन्सारमा कन्टेनर रोकिए

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कोरला सडकका धेरैजसो अवरोध हटे, न्हेचुङ भन्सारमा कन्टेनर रोकिए

YouTube मा सब्स्क्राइब

मुस्ताङको बेनी–जोमसोम–कोरला सडकका अधिकांश अवरोध हटाइएको छ, तर कोरला नाकाबाट भित्रिएका कन्टेनर अझै न्हेचुङ भन्सारमै अड्किएका छन्। असोज ८ देखि ११ गतेसम्मको वर्षाले कालीगण्डकी करिडोरको मालढुंगा–बेनी–जोमसोम–कोरला खण्डमा ४६ स्थानमा पहिरो र कटान भएको थियो। कालीगण्डकी करिडोर सडक योजनाका अनुसार लाटाखोला, दाना, घासा, कागबेनीलगायत धेरैजसो ठाउँमा पहिरो पन्छाएर सडक चलाइएको छ।

नदी कटान भएका लामाखेत, बेगखोला, भिरकाटे र नाच्याङजस्ता केही ठाउँमा ग्याबियन, फिलिङ र नयाँ ट्र्याक बनाएर यातायात खुलाइएको छ। बाँकी अवरोध हटाएर एक साताभित्र बाटो पूर्ण रूपमा खुला हुने अपेक्षा गरिएको छ। मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार लोमान्थाङ गाउँपालिका–४ स्थित भन्सार यार्डमा १५० भन्दा बढी कन्टेनर रोकिएका छन्, जसमध्ये करिब ९० प्रतिशतको जाँचपास सकिएको छ।

जाँचपास भए पनि सडक अवरोधका कारण चीनबाट आयात गरिएका सामान गन्तव्यसम्म पुर्‍याउन सकिएको छैन। अवरोधले उत्तरी कोरला नाकाबाट हुने व्यापार पूर्ण रूपमा प्रभावित भएको छ।

स्रोत

सम्बन्धित समाचार