तीन महिनापछि मार्तडी–कोल्टी सडक सञ्चालनमा, स्याउ ढुवानी सहज

बाजुराको मार्तडी–कोल्टी सडक तीन महिनापछि फेरि सञ्चालनमा आएको छ। वर्षा सुरु भएपछि असारको दोस्रो साताबाट यो सडक अवरुद्ध थियो। सडक बन्द रहँदा पाण्डुसैनलगायत माथिल्लो भेगका किसानले स्याउ पिठ्युँमा बोकेर बजार पुर्याउनुपरेको थियो।
कतिपय किसानले कर्णाली करिडोर हुँदै नेपालगञ्ज र धनगढीसम्म स्याउ लैजानुपरेको थियो। स्वामीकात्तिक खापर गाउँपालिकाका केही किसानले आफ्नो स्याउ धनगढीसम्म पुर्याएका छन्। अब जिल्लाको पूर्वी–उत्तरी भेगको स्याउ बारीबाटै गाडीमा सिधै सदरमुकाम मार्तडी आउन थालेको छ।
सडक खुलेपछि ढुवानी सहज भएको र समय बचेको स्याउ किसान उज्जल रावतले बताउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


