सभामुख अर्याल आईपीयूको १५३औँ महासभाका लागि तान्जानिया प्रस्थान

अन्तरव्यवस्थापिका संघ, आईपीयूको १५३औँ महासभामा भाग लिन सभामुख डोलप्रसाद अर्यालको नेतृत्वमा संसदीय प्रतिनिधिमण्डल आइतबार तान्जानियातर्फ प्रस्थान गरेको छ। सभामुख अर्याल साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडानमा दोहा हुँदै किलिमान्जारो जाँदै हुनुहुन्छ। उहाँ सोमबार बिहान किलिमान्जारो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ।
तान्जानियाको अरुषा सहरमा हुने महासभा असोज १९ देखि २३ गतेसम्म चल्नेछ। महासभामा विश्वभरका संसद्का प्रतिनिधि सहभागी हुनेछन्। महासभाका क्रममा विभिन्न विषयगत स्थायी समितिका बैठक पनि बस्नेछन्।
प्रतिनिधिमण्डलमा प्रतिनिधि सभा सदस्य रविन महत्तो तथा राष्ट्रिय सभा सदस्यद्वय झक्कुप्रसाद सुवेदी र अञ्जान शाक्य हुनुहुन्छ। सभामुखकी धर्मपत्नी अम्बिका केसी, प्रतिनिधि सभाका महासचिव पद्मप्रसाद पाण्डे, सचिव प्रकाश अधिकारी र सहसचिव रेखा उपाध्याय खनाल पनि टोलीमा सहभागी हुनुहुन्छ। सभामुखका निजी सचिव मधु मिजार पनि प्रतिनिधिमण्डलमा हुनुहुन्छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


