१८ असोज २०८३ English
English

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन असोज २२ मा, सभापतिको मनोनयन दस्तुर ४० हजार

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन असोज २२ मा, सभापतिको मनोनयन दस्तुर ४० हजार
तस्बिर: नेपाल प्रेस

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले आइतबार साँझ सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज २२ गते मतदान हुनेछ।

कार्यक्रमअनुसार सोमबार मतदाता नामावली प्रकाशन हुनेछ भने मंगलबार मनोनयन दर्ता गरिनेछ।

निर्वाचन समितिले पदअनुसार फरक–फरक उम्मेदवारी शुल्क तोकेको छ। सभापति पदका उम्मेदवारले ४० हजार रुपैयाँ मनोनयन दस्तुर बुझाउनुपर्नेछ। सभापति पदमा उम्मेदवारी दर्ता गराउन १० जना प्रस्तावक र १० जना समर्थकको नाम आवश्यक पर्ने समितिले जनाएको छ।

यसैबीच, कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार बिहान १० बजे बस्ने भएको छ। बैठकपछि सुरु हुने बन्दसत्रमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन र महामन्त्रीले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १८ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 18 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार