१८ असोज २०८३ English
English

‘धन्न खुलामञ्च राम्रो बनाइएछ’ : प्रधानमन्त्रीको व्यङ्ग्य, कांग्रेस नेता तिमल्सिनाको जवाफ

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्

प्रधानमन्त्री बालेन शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा आफूमाथि टिप्पणी भएपछि सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन्।

उद्घाटन सत्रमा कांग्रेस सभापति गगन थापाले प्रधानमन्त्रीमाथि प्रश्न उठाएका थिए। त्यसपछि आइतबार साँझ प्रधानमन्त्री शाहले फेसबुकमा ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्’ भनी लेखेका हुन्।

प्रधानमन्त्रीको टिप्पणीलगत्तै कांग्रेसका युवा नेता सचिन तिमल्सिनाले जवाफ फर्काएका छन्। उनले ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’ भन्दै प्रतिक्रिया दिएका छन्। नागरिकका अनुसार उनले प्रधानमन्त्रीको टिप्पणीलाई ‘तल्लो स्तरको’ भनेका छन्।

कांग्रेसको १५औँ महाधिवेशन आइतबार काठमाडौंको खुलामञ्चमा उद्घाटन भएको थियो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १८ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 18 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार