१८ असोज २०८३ English
English

हरित क्रान्तिमार्फत आर्थिक समृद्धिको यात्रा तय गर्नुपर्छ : कुलमान घिसिङ

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
हरित क्रान्तिमार्फत आर्थिक समृद्धिको यात्रा तय गर्नुपर्छ : कुलमान घिसिङ
तस्बिर: नेपाल प्रेस

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई प्राथमिकता दिँदै आर्थिक समृद्धिको यात्रा तय गर्नुपर्ने बताएका छन्। उनले हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्नेमा जोड दिएका हुन्।

आइतबार काभ्रेको बनेपामा पार्टीको जिल्ला समिति कार्यालयको उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले यस्तो बताएका हुन्।

कार्यक्रममा उनले जिल्लाका गाउँपालिका तथा नगरपालिकामा पार्टीको सङ्गठन विस्तार भइसकेको जानकारी दिए। पार्टीले बनेपामा जिल्ला समिति कार्यालय स्थापना गरी औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

कार्यालय उद्घाटनसँगै पार्टीका नेता तथा कार्यकर्ताबीच शुभकामना आदानप्रदान पनि गरिएको थियो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १८ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 18 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार