संसद् सत्ताको छायाँमा पर्यो : एमाले, ओलीद्वारा संघर्षको तयारी गर्न निर्देशन

नेकपा एमालेले संसद्को दोस्रो अधिवेशनमा सरकारलाई संसद्प्रति उत्तरदायी बनाउन नसकिएको र विधायिकी काम पनि प्रभावकारी नभएको निष्कर्ष निकालेको छ। आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले संसद् सत्ताको छायाँमा परेको निष्कर्ष निकालेको हो।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि संघर्षको तयारीमा जुट्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्। उनले सरकारले सांसदलाई उत्तरदायी बनाउन नसकेको र कठपुतली बनाउन खोजेको आरोप लगाए।
संसद्मा एमाले संख्यात्मक रूपमा सानो प्रतिपक्ष भए पनि लोकतन्त्र र संविधान निर्माणमा खेलेको ऐतिहासिक भूमिकाका कारण त्यसको रक्षा गर्ने मुख्य दायित्व एमालेकै काँधमा रहेको ओलीको भनाइ थियो।
बैठकले आगामी अधिवेशनमा थप सशक्त भूमिका निर्वाह गर्ने गरी तयारी गर्ने निर्णय पनि गरेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


