कांग्रेस महाधिवेशनमा रवि लामिछाने : सरकार ढल्दैन, काम गर्न नसके डाँडा कटाउनुस्

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार नढल्ने दाबी गरेका छन्। आइतबार काठमाडौँको खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सरकार ढल्छ भन्नेहरू नै सरकार नढलेको देखेर बेहोस भएर ढल्ने टिप्पणी गरे।
लामिछानेले सरकार परिवर्तनका लागि आन्दोलनभन्दा निर्वाचन नै एकमात्र वैधानिक विकल्प भएको बताए। लोकतन्त्र रक्षाको ठेक्का कुनै दलले लिनु नपर्ने र खतरा भए जनताले नै जोगाउने उनको भनाइ थियो। रास्वपाले पाँच वर्षमा जनअपेक्षाअनुसार काम गर्न नसके आगामी निर्वाचनमा डाँडा कटाइदिन पनि उनले आग्रह गरे।
कांग्रेसको सबैभन्दा ठूलो शक्ति उसको लामो राजनीतिक इतिहास भएको बताउँदै लामिछानेले कांग्रेसले पार्टीप्रतिको निष्ठा, समानुपातिक प्रतिनिधित्व र युवा नेतृत्वलाई समयमै अवसर दिएको भए आफू पनि कांग्रेस हुन सक्ने बताए। उनले व्यक्ति बचाउन वा फसाउन लोकतन्त्रको दुरुपयोग गर्न नहुने पनि बताए।
पूर्वसभापति शेरबहादुर देउवालाई लक्षित गर्दै उनले पार्टीभित्र गनगन गर्नेलाई फकाउनुभन्दा छोडिदिँदा राम्रो हुने सुझाव सभापति गगन थापालाई दिए। जवाफमा थापाले रास्वपामा कांग्रेसको ठूलो लगानी रहेको बताए।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


